गाेरखा । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भागमा साधारणतया बादल लाग्ने तथा बाँकी प्रदेशका हिमाली भागमा आंशिक बादल लाग्ने माैसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका पहाडी भागमा आंशिक बादल लाग्नेछ । मधेस तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भागमा आंशिक बादल लाग्नेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागमा मौसम मुख्यतया सफा रहने पनि महाशाखाले जनाएकाे छ ।
देशका हिमाली भाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।
आजै राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागमा आंशिक बादल लाग्ने तथा बाँकी पहाडी भागमा मौसम मुख्यतया सफा रहनेछ ।
तराई भागका केही स्थानमा बिहानपख हुस्सु लाग्नेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भागका केही स्थानमा हल्का वर्षा हिमपातको सम्भावना रहेकाे पनि महाशाखाले जारी गरेकाे बुलेटिनमा उल्लेख गरिएकाे छ ।


