गाेरखा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बादल, लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशको हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशका हिमाली भागमा साधरणतया बादल लाग्नेछ । देशका पहाडी भागमा आंशिक बादल लाग्नेछ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागमा आंशिक बादल तथा बाँकी तराई भागमा मौसम मुख्यतया सफा रहने पनि महाशाखाले जनाएकाे छ ।
देशको हिमाली भागका थोरै स्थानमा, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भागका थोरै स्थानमा तथा बाँकी पहाडी भागका केही स्थानमा चट्याङ्गसहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना छ ।
आजै राति देशको हिमाली भागमा साधरणतया बादल र पहाडी भागमा आंशिक बादल लाग्नेछ । तराई भागमा बिहानीपख केही स्थानमा हुस्सु र कुहिरो लाग्नेछ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भागका केही स्थानमा तथा हल्का वर्षा र हिमपातको सम्भावना छ ।


