गाेरखा । केही दिन यता नेपाली बजारमा सुन र चाँदीकाे मूल्य लगातार रुपमा ओरालाे लागेकाे छ ।
सुन आज पनि ताेलामा १ हजार १०० रुपैयाँले घटेर तोलाकाे २ लाख ८८ हजार ४०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
सुन हिजाे ताेलाकाे २ लाख ८९ हजार ५०० रुपैयाँमा काराेबार भएकाे थियो ।
याे साताकाे साेमबार ताेलामा २ हजार १०० रुपैयाँल घटेकाे सुनकाे मूल्य मंगलबार २ हजार २००, बुधबार २ हजार ७०० रुपैयाँ र आज बिहीबार ताेलामा १ हजार १०० रुपैयाँले घटेकाे हाे ।
नेपाली बजारमा सुनकाे मूल्य संगै चाँदीकाे मूल्य पनि घटेकाे छ । चाँदी ताेलामा २२० रुपैयाँले घटेर ताेलाकाे ४ हजार ३५ रुपैयाँमा काराेबार भएकाे छ ।
चाँदी हिजाे प्रतितोला ४ हजार २५५ रुपैयाँमा नै काराेबार भएको थियाे ।
संघले जनाएकाे अनुसार आजकाे मूल्यमा सुन १० ग्रामकाे २ लाख ४७ हजार २५५ रुपैयाँ र चाँदी ३ हजार ४५९ रुपैयाँ ५० पैसामा काराेबार भएकाे छ ।


