गाेरखा । देशमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसको प्रभावले हाल देशका हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । देशका तराई भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएकाे छ ।
आज दिउँसो देशका हिमाली र पहाडी भागमा साधरणतया बादल लाग्नेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागमा आंशिक बादल लाग्नेछ। देशको बाँकी तराई भागमा मौसम मुख्यतया सफा रहनेछ ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भागमा थोरै स्थानमा तथा कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भागका केही स्थानमा मेघ गर्जन चट्याङ्गसहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका केही स्थानमा मध्यम सम्मको वर्षाको सम्भावना छ ।
आजै राति देशका हिमाली भागका थाेरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


