गाेरखा । आज बुधबार नेपाली बजारमा सुन र चाँदीकाे मूल्य घटेकाे छ ।
सुन ताेलामा २ हजार ७०० रुपैयाँले घटेर तोलाकाे २ लाख ८९ हजार ५०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
सुन हिजाे ताेलाकाे २ लाख ९२ हजार २०० रुपैयाँमा काराेबार भएकाे थियो ।
नेपाली बजारमा सुनकाे मूल्य संगै चाँदीकाे मूल्य पनि घटेकाे छ । चाँदी ताेलामा १०० रुपैयाँले घटेर ताेलाकाे ४ हजार २५५ रुपैयाँमा काराेबार भएकाे छ ।
चाँदी हिजाे प्रतितोला ४ हजार ३५५ रुपैयाँमा नै काराेबार भएको थियाे ।
संघले जनाएकाे अनुसार आजकाे मूल्यमा सुन १० ग्रामकाे २ लाख ४८ हजार २०० रुपैयाँ र चाँदी ३ हजार ६४८ रुपैयाँमा काराेबार भएकाे छ ।


