गाेरखा । बाढी र पहिरोले गण्डकी प्रदेशका विभिन्न जिल्लामा मुख्य राजमार्गहरू अवरुद्ध भएका छन् ।
नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालयले जारी गरेकाे सूचना अनुसार राजमार्गका केही खण्ड एकतर्फी सञ्चालनमा आएका छन् भने केही पूर्ण रूपमा बन्द रहेका छन् ।
कुन-कुन राजमार्ग अबरुद्ध छन त ?
१) म्याग्दीको रघुगंगा गाउँपालिका-२ बैसरीमा गत असोज १० गते बिहान गएको पहिरोका कारण बेनि–जोमसोम सडक खण्ड एकतर्फी रूपमा मात्र सुचारु
२) नवलपरासी (पूर्व) को बौद्धिकाली गाउँपालिका-३ जन्ती पहिरोमा असोज १४ गते गएको पहिरोले कालीगण्डकी करिडोर प्रभावित
३) गोरखाको आरुघाट गाउँपालिका–२, ३ र आरुघाट गाउँपालिका–९ नयाँपुल क्षेत्रमा असोज २५ गते बिहान आएको बाढीका कारण सोतिमा रहेको फलामे पुल तथा गोरखा आरुघाटबाट धादिङ जोड्ने राजमार्ग पूर्ण रूपमा अवरुद्ध



