गाेरखा । देशमा हाल पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ ।
जसको प्रभावले हाल देशका हिमाली भागमा आंशिक बादल लागेको छ भने देशका पहाडी र तराई भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशको हिमाली र पहाडी भागमा आंशिक बादल लाग्ने तथा तराई भागमा मौसम मुख्यतया सफा रहनेछ । देशका हिमाली भागका साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेकाे पनि महाशाखाले जनाएकाे छ ।
आजै राति कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


