गाेरखा । साताकाे तेस्राे दिन आज मंगलबार नेपाली बजारमा सुन र चाँदीकाे मूल्य घटेकाे छ ।
सुन ताेलामा २ हजार २०० रुपैयाँले घटेर तोलाकाे २ लाख ९२ हजार २०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
सुन हिजाे ताेलाकाे २ लाख ९४ हजार ४०० रुपैयाँमा काराेबार भएकाे थियो ।
नेपाली बजारमा सुनकाे मूल्य संगै चाँदीकाे मूल्य पनि घटेकाे छ । चाँदी ताेलामा ६० रुपैयाँले घटेर ताेलाकाे ४ हजार ३५५ रुपैयाँमा काराेबार भएकाे छ ।
चाँदी हिजाे प्रतितोला ४ हजार ४१५ रुपैयाँमा नै काराेबार भएको थियाे ।
संघले जनाएकाे अनुसार आजकाे मूल्यमा सुन १० ग्रामकाे २ लाख ५० हजार ५१५ रुपैयाँ र चाँदी ३ हजार ७३४ रुपैयाँमा काराेबार भएकाे छ ।


