गाेरखा । नेपाल राष्ट्र बैंकले आज मंगलबारकाे लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५४ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो १ को खरिददर १७१ रुपैयाँ ३ पैसा र बिक्रीदर १७१ रुपैयाँ ७० पैसा, युके पाउन्ड स्ट्रलिङ १ को खरिददर २०२ रुपैयाँ ४२ पैसा र बिक्रीदर २०३ रुपैयाँ २२ पैसा, स्वीस फ्र्याङ्क १ को खरिददर १८३ रुपैयाँ ५९ पैसा र बिक्रीदर १८४ रुपैयाँ ३१ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३ पैसा, क्यानेडियन डलर १ को खरिददर १०७ रुपैयाँ २२ पैसा र बिक्रीदर १०७ रुपैयाँ ६५ पैसा, सिङ्गापुर डलर १ को खरिददर ११९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ११९ रुपैयाँ ८८ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९ रुपैयाँ ६८ पैसा, चिनियाँ युआन १ को खरिददर २२ रुपैयाँ ८५ पैसा र बिक्रीदर २२ रुपैयाँ ९४ पैसा, साउदी अरेबियन रियाल १ को खरिददर ४० रुपैयाँ ७२ पैसा र बिक्रीदर ४० रुपैयाँ ८८ पैसा, कतारी रियाल १ को खरिददर ४१ रुपैयाँ ९६ पैसा र बिक्रीदर ४२ रुपैयाँ १२ पैसा कायम भएको छ ।
थाई भाट १ को खरिददर ४ रुपैयाँ ५५ पैसा र बिक्रीदर ४ रुपैयाँ ५७ पैसा, युएई दिराम १ को खरिददर ४१ रुपैयाँ ६४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८० पैसा, मलेसियन रिङ्गेट १ को खरिददर ३७ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५३ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ४८ पैसा र बिक्रीदर ११ रुपैयाँ ५२ पैसा, स्वीडिस क्रोनर १ को खरिददर १५ रुपैयाँ २६ पैसा र बिक्रीदर १५ रुपैयाँ ३२ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ८८ पैसा र बिक्रीदर २२ रुपैयाँ ९७ पैसा तोकिएको छ ।
बैंकले हङकङ डलर १ को खरिददर १९ रुपैयाँ ४९ पैसा र बिक्रीदर १९ रुपैयाँ ५७ पैसा, कुवेती दिनार १ को खरिददर ४९६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ४९८ रुपैयाँ २६ पैसा, बहराइन दिनार १ को खरिददर ४०४ रुपैयाँ ८२ पैसा बिक्रीदर ४०६ रुपैयाँ ४१ पैसा, ओमनी रियाल १ को खरिददर ३९७ रुपैयाँ २२ पैसा र बिक्रीदर ३५८ रुपैयाँ ७८ पैसा र भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।


