गाेरखा । देशमा हाल पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव कायमै रहेको छ ।
जसको प्रभावले हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी तथा लुम्बिनी प्रदेशको हिमाली भागमा साधरणतया बादल लागेको छ ।
बाँकी हिमाली पहाडी भागमा आंशिक बादल लागेको छ । तराई भागमा मौसम मुख्यतया सफा रहेको छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको केही स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भागमा साधरणतया बादल लाग्नेछ । बाँकी हिमाली भाग तथा देशको पहाडी भागमा आंशिक बादल लाग्नेछ।
देशको तराई भागमा मौसम मुख्यतया सफा रहने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भागमा थोरै स्थानमा तथा देशका बाँकी हिमाली र पहाडी भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आजै राति कर्णाली प्रदेशको हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।


