गाेरखा । आज नेपाली बजारमा सुन र चाँदीकाे मूल्य घटेकाे छ ।
सुन ताेलामा २ हजार १०० रुपैयाँले घटेर तोलाकाे २ लाख ९४ हजार ४०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
सुन हिजाे ताेलाकाे २ लाख ९६ हजार ५०० रुपैयाँमा काराेबार भएकाे थियो ।
नेपाली बजारमा सुनकाे मूल्य संगै चाँदीकाे मूल्य पनि घटेकाे छ । चाँदी ताेलामा २५ रुपैयाँले घटेर ताेलाकाे ४ हजार ४१५ रुपैयाँमा काराेबार भएकाे छ ।
चाँदी हिजाे प्रतितोला ४ हजार ४४० रुपैयाँमा नै काराेबार भएको थियाे ।
संघले जनाएकाे अनुसार आजकाे मूल्यमा सुन १० ग्रामकाे २ लाख ५२ हजार ४०० रुपैयाँ र चाँदी ३ हजार ७८५ रुपैयाँमा काराेबार भएकाे छ ।


