गाेरखा । जिल्ला प्रशसन कार्यालय गाेरखाले हिजाे आइतबार गाेरखाकाे बुढी गण्डकी नदीमा आएकाे भिषण बाढी पछी क्षतीकाे प्रारम्भिक विवरण सार्वजनिक गरेकाे छ ।
चुमनुब्रि गाउँपालिका-६ काे लोक्पा देखि चुम्लिङको बिचमा श्रृगीं हिमालमा हिमपहिरो गई स्थानिय उइनगुलुङ खोला थुनिनगई सोहि स्थान भएर बग्ने बुढिगण्डकी नदीमा आएको बाढीले भएको क्षतिको प्रारम्भिक बिवरण सार्वजनिक गरीएकाे सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले जानकारी दिए ।
बाढीले घर क्षति र जोखिम भएकाकाे विववरण :
१) चुमनुब्रि गाउँपालिका-३ सिर्दिबास बस्ने राम ब.गुरुङको १ वटा कच्चि घर बगाएको, १ वटा घरमा बाढि पसेको
२) धार्चे गाउँपालिका-५ माछिखोला स्थित तल्लो बस्तिमा बाढि पसेर ५-७ वटा घर ५-७ वटा टहरामा बाढि पसेको
३) चुमनुब्री गाउँपालिका-३ सल्लेरी स्थित २०-२२ घरहरु जोखिममा रहेको
४) आरुघाट गाउँपालिका-३ सोतिमा १४-१५ वटा घरमा बाढी पसेको
५) चुमनुब्री गाउँपालिका-६ उइनगुर्लुङमा ३-४ वटा गोठ बगाएको
६) चुमनुब्री गाउँपालिका-३ घट्टेखोला बस्ने बहादुर गुरुङको १ घरमा बाढी पसेको
७) चुमनुब्री गाउँपालिका-३ घट्टेखोला बस्ने सपना गुरुङको १ घर (कच्ची) बगाएको
८) चुमनुब्री गाउँपालिका-३ घट्टेखोला बस्ने भैवा गुरुङको २ वटा कच्ची घर बगाएको
९) चुमनुब्री गाउँपालिका-३ घट्टेखोला बस्ने बिकास गुरुङको ५ कोठे भवन बगाएको
१०) चुमनुब्री गाउँपालिका-३ घट्टेखोलामा रहेको दुधपोखरी आमा समुहको ३ कोठे भवन बगाएको
११) चुमनुब्री गाउँपालिका-३ पैयुमा ६-७ वटा घर पुरिएको
१२) चुमनुब्री गाउँपालिका-३ बगरमा ५-६ वटा घर पुरिएको
१३) धार्चे गाउँपालिका-१ यारुबगरमा १०-१२ वटा घरमा क्षती भएको
१४) धार्चे गाउँपालिका-१ दोभानमा ५-६ वटा घरमा क्षती भएको
१५) धार्चे गाउँपालिका-५ माछिखोला स्थित तल्लो बस्तिमा १० वटा घरमा बाढि पसेको, किराना सामान राख्ने ४ वटा स्टोर,बुङगुरको खोर १०-१२ वटा पुरिएको
झोलुङ्गे पुल/ पक्कि पुल क्षति :
१) चुमनुब्रि गाउँपालिका-३ न्याकचेत स्थित न्याकचेत बाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल बगाएको
२) धार्चे गाउँपालिका-५ माछिखोला बाट केरौजा जोड्ने झोलुङ्गे पुल बगाएको
३) आरुघाट गाउँपालिका-२ र ३ जोड्ने सोतिमा रहेको फलामे मोटरेवल पक्कि पुल बगाएको
४) आरुघाट गाउँपालिका-९ नयाँपुल स्थितमा रहेको गोरखा आरुघाटबाट धादिङ जोड्ने पक्की पुल ३ भाग रहेकोमा गोरखा तर्फको १ भाग बगाई क्षति भएको,बाटो पुर्णरुपमा अवरोध
हाईड्रो पावरमा क्षति :
१) धार्चे गाउँपालिका-१ यारु बगरमा रहेको हाइड्रोपावरमा क्षती पुर्याएको
२) धार्चे गाउँपालिका-१ दोभानमा रहेको हाइड्रोपावरमा क्षती पुर्याएको
३) चुमनुब्री गाउँपालिका-३ सल्लेरी स्थित निर्माणधिन सहज उर्जा पावर हाउस र वरपर रहेका ७-८ वटा घरहरु बगाएको


