गाेरखा । नेपाल राष्ट्र बैंकले आज साेमबारकाे लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ८ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो १ को खरिददर १७३ रुपैयाँ ५ पैसा र बिक्रीदर १७३ रुपैयाँ ७२ पैसा, युके पाउन्ड स्ट्रलिङ १ को खरिददर २०४ रुपैयाँ ४२ पैसा र बिक्रीदर २०५ रुपैयाँ २१ पैसा, स्वीस फ्र्याङ्क १ को खरिददर १८६ रुपैयाँ ६ पैसा र बिक्रीदर १८६ रुपैयाँ ७९ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर १ को खरिददर १०७ रुपैयाँ ९० पैसा र बिक्रीदर १०८ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर १ को खरिददर १०८ रुपैयाँ ३५ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७७ पैसा, सिङ्गापुर डलर १ को खरिददर १२० रुपैयाँ ६२ पैसा र बिक्रीदर १२१ रुपैयाँ ९ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९ रुपैयाँ ७९ पैसा, चिनियाँ युआन १ को खरिददर २३ रुपैयाँ ८ पैसा र बिक्रीदर २३ रुपैयाँ १७ पैसा, साउदी अरेबियन रियाल १ को खरिददर ४१ रुपैयाँ १२ पैसा र बिक्रीदर ४१ रुपैयाँ २८ पैसा, कतारी रियाल १ को खरिददर ४२ रुपैयाँ ४२ पैसा र बिक्रीदर ४२ रुपैयाँ ५८ पैसा कायम भएको छ ।
थाई भाट १० को खरिददर ४ रुपैयाँ ६१ पैसा र बिक्रीदर ४ रुपैयाँ ६३ पैसा, युएई दिराम १ को खरिददर ४२ रुपैयाँ ६ पैसा र बिक्रीदर ४२ रुपैयाँ २२ पैसा, मलेसियन रिङ्गेट १ को खरिददर ३७ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९६ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ५२ पैसा र बिक्रीदर ११ रुपैयाँ ५७ पैसा, स्वीडिस क्रोनर १ को खरिददर १५ रुपैयाँ ४५ पैसा र बिक्रीदर १५ रुपैयाँ ५१ पैसा र डेनिस क्रोनर १ को खरिददर २३ रुपैयाँ १५ पैसा र बिक्रीदर २३ रुपैयाँ २४ पैसा तोकिएको छ ।
बैंकले हङकङ डलर १ को खरिददर १९ रुपैयाँ ६८ पैसा र बिक्रीदर १९ रुपैयाँ ७६ पैसा, कुवेती दिनार १ को खरिददर ५०१ रुपैयाँ ३१ पैसा र बिक्रीदर ५०३ रुपैयाँ २६ पैसा, बहराइन दिनार १ को खरिददर ४०९ रुपैयाँ ०६ पैसा बिक्रीदर ४१० रुपैयाँ ६४ पैसा, ओमनी रियाल १ को खरिददर ४०१ रुपैयाँ २४ पैसा र बिक्रीदर ४०२ रुपैयाँ ८० पैसा र भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।


