बाढीले बगाउनु अघिकाे २ स्पान १०० मिटर लामाे बुढीगण्डकी नदी पुल (साेती बजार छेवैकाे)
गाेरखा । उत्तरी गाेरखाकाे बुढीगण्डकी नदीमा आएकाे भिषण बाढीले नदी माथि हालिएका मध्य ४ वटा पुल बगाएकाे छ ।
आइतबार बिहानै आएकाे लेदाे सहितकाे बाढीले २ वटा झाेलुङेपुल र २ वटा माेटरेवल पुल वगाएकाे हाे ।
चुमनुब्री गाउँपालिका–६ काे श्रृंगी हिमालमा गएकाे हिम पहिराे पछी आएकाे बाढी उक्त पुलहरु बगाएकाे जिल्ला प्रहरी कार्यालय गाेरखाले जानकारी दिएकाे छ ।
बाढीले बगाउनु अघिकाे २ स्पान १०० मिटर लामाे बुढीगण्डकी नदी पुल (साेती बजार छेवैकाे)
कहाँकाे कुन कुन पुलमा क्षती पुग्याे ?
१) चुमनुब्रि गाउँपालिका-३ काे न्याकचेत स्थित न्याकचेत बाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल
२) धार्चे गाउँपालिका-५ काे माछिखोला बाट केरौजा जोड्ने झोलुङ्गे पुल
३) आरुघाट गाउँपालिका-२ र ३ जोड्ने सोति बजारमा रहेको मोटरेवल पक्कि पुल
४) आरुघाट गाउँपालिका-९ मा रहेकाे गोरखाकाे आरुघाट र धादिङ बिशालबजार जोड्ने पक्की पुल (३ भाग मध्य गोरखा तर्फको १ भाग बगाएकाे)



