गाेरखा । देशमा हाल पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव छ । हिमाली भागमा साधारणतया बादल लागेको छ भने बाँकी भागमा आंशिक बादल लागेको छ ।
आज दिउँसो हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा तराई भागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोशी, बागमती र कर्णाली प्रदेशका हिमाली र पहाडी भागका केही स्थान तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुने सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।
आजै राति कोशी, बागमती र कर्णाली प्रदेशका हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुने सम्भावना छ ।


