गोरखा । उत्तरी गाेरखाभइ बग्ने बुढी गण्डकी नदीमा अहिले बिहान पख आएकाे लेदाे सहितकाे बाढीले दर्जनाै घर र २ वटा पुल बगाएकाे छ ।
चुमनुब्री गाउँपालिका भएर बग्ने बूढीगण्डकीको बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ । दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा व्यापक क्षति पुर्याएकाे छ ।
माछाखाेला बजारमा रहेकाे झाेलुङे पुल र साेती बजार नजिकै रहेकाे माेटरएवल पुल समेत बगाएकाे छ ।
आज बिहान आएकाे उक्त बाढीले सल्लेरीमा रहेकाे निर्माणाधिन हाइडाे पावरलाई समेत क्षती पुर्याएकाे छ । अहिलेसम्म कुनै पनि मानविय क्षतीकाे बिवरण भने प्राप्त भएकाे छैन ।
बाढीको जोखिमलाई ध्यानमा प्रहरीले नदीवरपर रहेकाे बस्ती पुरै खाली गराएकाे छ भने नदीवरपर नजान माइकिङ गरेकाे छ ।



