गोरखा । गोरखा नगरपालिका–८ को वडा कार्यालयको नयाँ भवन सोमबारदेखी सञ्चालनमा आउने भएको छ ।
गोरखा नगरपालिका–८ को बराहमा हालै निर्माण सम्पन्न भएको उक्त भवन असोज २६ गतेदेखी सञ्चालनमा आउने वडाध्यक्ष ऋषिराम खत्रीले बताए ।
वडा कार्यालय भवन निर्माणको लागि गोरखा नगरपालिकाले सचेत कन्ट्रक्सन प्रालि गोरखा संग भ्याट र पिस बाहेक १ करोड ६५ लाख ४० हजार २२५ रुपैयाँ २० पैसामा ठेक्का सम्झौता गरेको थियो ।
०८१ बैशाख १५ गते सम्झौता गरेर ०८३ साल जेठ १५ गते सक्नु पर्ने भवन निर्माणको काम पहिलो पटक म्याद थपेर ०८३ साल साउनमा सम्पन्न गरेको कन्ट्रक्सनका प्रोपाइटर भोला प्रसाद मरहट्टाले जानकारी दिए ।
उनका अनुसार सम्झौता बमोजिम वडा कार्यालयको साढे २ तले भवन निर्माण गरी नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
भवनको असोज २५ गते आइतबार हिन्दु परम्परा अनुसार पूजा गरेर सोमबारदेखी सञ्चालनमा ल्याउने वडाध्यक्ष खत्रीले बताए ।
भवन निर्माणका लागि स्थानिय मुक्तिनारायण, दिल प्रसाद र रेशम बावु श्रेष्ठले २ आना २ पैसा २ दाम जग्गा दान गरेका हुन् । त्यस बाहेक पनि सोही स्थानमा रहेको १ रोपनी सार्वजनिज जमिन समेत वडा कार्यालयले चर्चने गरी भवन निर्माण गरिएको छ ।
कुल १० कोठा रहेको उक्त भवनमा सबै सेवा र सुविधाले सम्पन्न गरिएको वडाध्यक्ष खत्रीले बताए ।


