गाेरखा । बाढी तथा पहिरोका कारण आज देशका विभिन्न प्रदेशमा मुख्य राजमार्गहरू अवरुद्ध हुन पुगेका छन् ।
पछिल्लो अद्यावधिक विवरण अनुसार रसुवा बाढीका कारण मुख्य राजमार्गका सबै सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध रहेका छन् ।
अवरुद्ध राजमार्गहरु :
१) धादिङकाे धुनिबेशी ९, खत्रीपौवामा गएकाे पहिरोका कारण त्रिभुवन राजपथ एकतर्फी मात्र सञ्चालन
२) धादिङकाे गजुरी -५, गलौंदीमा पहिरोका कारण पृथ्वीलोकमार्ग पूर्ण रूपमा अवरुद्ध
३) काभ्रेकाे बिपि राजमार्ग पूर्ण रूपमा अवरुद्ध
४) गण्डकी प्रदेश अन्तर्गत म्याग्दीकाे रघुगंगा २, बैसरीमा गएकाे पहिरोका कारण बेनि-जोमसोम सडक खण्ड एकतर्फी रूपमा सञ्चालन
५) नवलपरासी पूर्वकाे बौदिकाली ३, जन्ती पहिरोमा पहिरोका कारण कालिगण्डकी करिडोर एकतर्फी सञ्चालन
६) बेशीसहर हुँदै खाङसारसम्म जाने सडक बाढीका कारण एकतर्फी सञ्चालन
७) पहिरोका कारण कालिगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध
८) भेरी करिडोर सडक खण्ड एकतर्फी सुचारु
९) सल्यानकाे बनगाड कुपिण्डे -११, बालुवासंग्रहीमा पहिरोका कारण बालुवासंग्रही सडक खण्ड पूर्ण रूपमा अवरुद्ध



