गाेरखा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव छ । जसका कारण बागमती, गण्डकी र लुम्बिनी तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी र हिमाली भागमा साधारणतया बादल लागेको छ भने बाँकी भागमा आंशिक बादल लागेको छ ।
आज दिउँसो कोशी प्रदेशका सबै तथा देशका हिमाली र पहाडी भागमा साधारणतया बादल लाग्नेछ भने तराईमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भागका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुने सम्भावना छ ।
कोशी प्रदेशका तराई भागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुने सम्भावना छ ।
आजै राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भागका केही स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेकाे पनि महाशाखाले जनाएकाे छ ।


