गाेरखा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा भारी मतले निर्वाचित भएका छन् ।
१५औँ महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा थापाले ६ हजार ५८४ मत प्राप्त गर्दै सभापतिमा विजयी भएका हुन् ।
सभापति पदका अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन् । कुल ७ हजार ३९ मत खसेको निर्वाचनमा ५४ मत बदर भएको छ ।
बाँकी सबै पदाधिकारीको मतगणना आज दिउँसोदेखि सुरु गर्ने तयारी छ ।


