गोरखा । ‘न्याय नपाए गोरखा जानु’ यो पङ्कतीका उपदेश कुनै समय चर्चित थियो । तर त्यसको ठिक बिपरीत हिजो आज गोरखा आउनेहरुले अन्याय सहन बाध्य हुनु परेको छ ।
त्यसको पछिल्लो उदाहरण बनेको छ म्याग्दीको न्यू वेस्ट पोइन्ट आवासिय माध्यामिक बिधालय । एशियन पेन्ट्स च्याम्पियन्स कप २०२६ अन्तरर्गत महिलाहरुको फुटबल खेल्न आएका उनीहरुलाई अनेक जालझेल गरेर अन्यायमा पारिएको हो ।
गण्डकी प्रदेश स्तरीय यू–१८ छात्रा फुटवल प्रतियोगितामा गोरखा नगरपालिका–८ को लक्ष्मी बजारमा रहेको महालक्ष्मी माध्यामिक बिधालय संग प्रतिस्पर्धा गर्दा उनिहरुलाई जालझेल गरी पराजित गराइएको तथ्य बाहिरीएको छ ।
२ टिम मध्य कुनै १ ले जितेर राष्ट्रिय प्रतियोगिताको लागि जानपाउने थियो । तर आफ्नो बिधालयको बिधार्थीहरुलाई समावेश गरेर मात्र खेलाउनु पर्ने उक्त खेलमा महालक्ष्मी माविले बाहिरी बिधालयको बिधार्थीहरु राखेर खेलमा जित हात पारेको तथ्य बाहिरीएको हो ।
खेल हारेको म्याग्दीको न्यू वेस्ट पोइन्ट आवासिय माध्यामिक बिधालयले महालक्ष्मी माविले खेलाएको खेलाडीहरु बिधालय बाहिरबाट ल्याएर खेलाएको बिषयमा आयोजकलाई उजुरी गरेपछी भने अहिले महालक्ष्मी माविलाई समेत खेलमा प्रतिबन्ध लगाएको छ ।
असोज २१ गते बुधबार गोरखा नगरपालिका–१० को छेवेटार खेल मैदानमा भएको २ बिधालय बिचको खेलमा गोरखाका महालक्ष्मी माविले माग्दीको न्यू वेस्ट पोइन्टलाई २–० ले पराजित गरेको थियो ।
भएको के हाे ?
एशियन पेन्ट्स च्याम्पियन्स कप २०२६ अन्तरर्गत केही महिनादेखी देशैभरका बिधालयका छात्र र छात्राको फुटबल प्रतियोगिता गरेर राष्ट्रिय प्रतियोगितामा हुदै छ ।
जसका लागि गण्डकी प्रदेशको पोखरामा भएको खेलमा म्याग्दीको न्यू वेस्ट पोइन्ट आवासिय माध्यामिक बिधालय बिजयी भएको थियो भने गोरखामा गराइएको खेलमा सदरमुकामको महालक्ष्मी माविले जित हात पारेको थियो ।
२ बिधालय मध्य जितको आधारमा १ बिधालयले मात्र हिजोदेखी बुटवलमा भएको फुटबल खेलमा आज (शुक्रबार) प्रतिस्पर्धा गर्न पाउने थियो । जसका लागि असोज २१ गते दुवै बिधालयलाई खेल खेलाइएको थियो ।
जसमा महालक्ष्मीले म्याग्दीको न्यू वेस्ट पोइन्टलाई २–० गोल अन्तरले पराजित गरेको थियो ।
खेल अगावै न्यू वेस्ट पोइन्टको चासो तर वेवास्ता गरियो
खेल हुनु अगावै म्याग्दीको न्यू वेस्ट पोइन्टले महालक्ष्मी माविले बाहिरको बिधार्थीहरु समावेश गरेको बारेमा खेल कोर्डिनेटर अमित खत्री संग चासो राखेको म्याग्दी फुटबल संघका अध्यक्ष एवं टिम अफिसियल कुमार बानियाँले बताए ।
‘खेल अगावै हामीलाई शंका लागेर कोर्डिनेटर खत्री सर संग कुरा राख्यौ’ उनले भने ‘तर वहाँले स्कुलले पठाएको पत्रलाई नै आफुले आधार मान्ने भन्दै वस्तै गर्नु भएन ।’
बानियाँले कोर्डिनेर पहिला परेको स्कुल भएका कारण जसरी पनि जिताउने गरी योजना बनाएको र स्कुल बाहिरका बिधार्थी ल्याएर खेलाउन खोजेको सुइको पाएकोले आफुले खेल अगावै कुरा उठाए समेत बताए ।
को हुन खेल कोर्डिनेटर
गोरखा नगरपालिका–८ दल भञ्ज्याङ बस्ने अमित खत्रीलाई आयोजकले खेल कोर्डिनेटरका रुपमा नियुत्त गरेको हो । उनी महालक्ष्मी माविका पूर्व बिधार्थी हुन् ।
महालक्ष्मीका ४ जना बिधार्थीमाथी उजुरी
खेलमा हार म्याग्दीको न्यू वेस्ट पोइन्टलले महालक्ष्मी माविबाट खेल खेलेका हस्तकला घले, रबिना बराम, विनिक्षा कुवँर र उनिशा बराम बिरुद्व उजुरी गरेको थियो । जसमध्य हस्तकला घले गोरखा नगरपालिका–८ को रानिबनमा रहेको द ओल्ड क्यापिटल माविमा कक्षा १० मा अध्ययनरत बिधार्थी भएको पुष्टी भएको छ ।
अन्य ३ जना खेलाडी बराम द्धय र कुवँरको भने खुल्न सकेको छैन । उनीहरु मध्य कुनै १ जना बिधार्थी गण्डकी गाउँपालिकामा रहेको भैरवाश्रम माविको भएको पनि म्याग्दी फुटवल संघका अध्यक्ष बानियाँको दावी रहेको छ ।
यता वल्ड क्यापिटल माविका प्रिन्सिपल जनक केसीले हस्तकला घले आफ्नो बिधार्थी भएको र उनी कक्षा १० मा अध्ययनर भएको जानकारी दिए ।
उनले स्कुलका गेम टिर्चरको आग्रहमा उक्त खेलमा सहभागी हुन अनुमती दिएको समते बताए । उक्त बिधार्थीको बिधालयको आन्तरिक परिक्षा चलिरहेको समयमा परिक्षाबाट बञ्चित गरेर खेल खेलाउन लगेका थिए ।
महालक्ष्मी माविका गेम टिचरकाे दावी : सबै हाम्रै बिधार्थी हो
खेलका बारेमा विवाद आएपछी हामीले महालक्ष्मी माविका प्रधानाध्यपकलाई सम्र्पक गरेका थियौ । उनले खेल र खेलाडीकै बारेमा अनविज्ञता प्रकट गरे र भने ‘मलाई यो खेलको बारेमा केही जानकारी छैन । मैले केही बुझेकै छैन ।’
उनले यस अधि भएको खेलमा सबै मेरै बिधालयका बिधार्थीहरुले खेलेका हुन । त्यो मेरै आँखाले हेरेको पनि हुँ तर यो खेलमा गेम टिचरले कस–कसलाई राखे मैले थाहा नै पाइन ।’
उनी पछी हामीले स्कुलका गेम टिचर कुमार रानालाई सम्र्पक गरेका थियौ । उनले म्याग्दीको न्यू वेस्ट पोइन्टले उजुरी गरेका चारै जना बिधार्थी आफ्नो स्कुलमा अध्ययन गर्ने बिधार्थी भएको दावी समेत गरे ।
रानाले हस्तकला घले कक्षा ९, रविना बराम कक्षा ११, विनिक्षा कुवँर कक्षा १२ र उनिसा बराम कक्षा ९ मा अध्ययनरत भएको दावी समेत गरे ।
गोरखा नगरपालिका शिक्षा शाखाको वेवास्ता
खेल हालेको म्याग्दीको न्यू वेस्ट पोइन्टले गोरखा नगरपालिकाको शिक्षा शाखामा आएर इमिस जाँच गरेर बिधार्थी कुन बिधालयको हो भनेर निवेदन दिए । तर शिक्षा शाखाले कम्प्यूटर चलाउने मान्छे नभएको र आफुसंग पासवार्ड पनि नभएको भन्दै उल्टै महालक्ष्मी माविलाई उजुरी परेको ४ जना बिधार्थीहरुको बारेमा विवरण उपलब्ध गराउन भनेर पत्र काट्यो ।
असोज २२ गते काटेको पत्रको जवाफ भने स्कुलले अहिलेसम्म उपलब्ध गराएको छैन ।
आयोजकले गण्डकीबाट कुनै पनि टिम छनौट नभएको घोषणा गर्यो
म्याग्दीको न्यू वेस्ट पोइन्टले बिजेता महालक्ष्मीको बिषयमा उजुरी दिए लगत्तै आयोजकले प्रदेश संयोजकलाई पत्राचार गरेर गण्डकी प्रदेशबाट कुनै पनि छात्रा टिमलाई छनौट नगरिएको ब्यहोरा अवगत गराएको छ ।
प्रतियोगिताका संयोजक समितिका सुवास न्यौपानेले राष्ट्रिय प्रतियोगिताको लागि सिमित समयावधी रहेकोले र विरोध विवाद सम्वन्धी अन्य आवश्यक अनुसन्धान गर्नुपर्ने देखिएकोले गण्डकी प्रदेशबाट कुनै पनि छात्रा टिमलाई राष्ट्रिय प्रतियोगिताको लागि छनौट नगरिएको जानकारी दिए ।
अन्तत अन्याय सहेर म्याग्दी फर्कियो न्यू वेस्ट पोइन्टल
खेल कोर्डिनेटरदेखी गोरखा नगरपालिकाको शिक्षा शाखा होस वा जित हात पारेको महालक्ष्मी र खेलाडी भएको वल्ड क्यापिटलसम्म उनीहरु पुगे ।
कही कतैबाट पनि सहयोगका आशा नपाएपछी उनीहरु अन्तत हिजो बिहीबार साँझ गोरखाबाट म्याग्दी फर्किएको म्याग्दी फुटवल संघका अध्यक्ष एवं स्कुलका टिम अफिसियल कुमार बानियाँले जानकारी दिए ।







