साँकेतिक तस्बिर
गाेरखा । पाेखरामा घरकाे जग खन्ने क्रममा माटाेकाे ढिस्काेले पुरिएर गाेरखाका १ जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा गाेरखा जिल्ला, पालुङटार नगरपालिका-७ घर भएका ३७ बर्षका राजु कुमाल भएकाे कास्की प्रहरीले पुष्टी गरेकाे हाे ।
उनी सगै काम गर्ने पर्वत जिल्ला, महाशिला गाउँपालिका-६, फलामखानीका २९ वर्षीय विक्रम सुनारकाे पनि मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।
गएकाे बिहीबार पोखरा महानगरपालिका-१८ काे अँध्यारोकुना, चिसापानीमा घरको जग्गा खन्ने क्रममा दिउँसो माटोको ढिस्कोले २ जना पुरिएका थिए ।
करिब ७ फिट गहिरो खाल्डोमा काम गरिरहेका उनीहरुलाई एक्कासी माटोको ढिस्कोले पुरेर घाइते बनाएपछि मणिपाल शिक्षण अस्पताल लगिएको थियो । तीमध्ये सुनारको उपचारकै क्रममा बिहीबार साँझ ५ बजेर ४ मिनेटमा चिकित्सकले मृत घोषणा गरेकाे जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी वीरेन्द्रकुमार पासवानले बताए ।
अर्का कुमालको साँझ साढे ६ बजे चिकित्सकले मृत घोषणा गरेकाे पनि उनले जानकारी दिए ।
घटनापछि वडा प्रहरी कार्यालय बगर र सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण, मालेपाटनबाट खटिएको टोली र स्थानीयको संयुक्त प्रयासमा माटो पन्छाएर दुवै जनाको उद्धार गरिएको थियो ।


