गाेरखा । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत मतदान कार्यक्रम भाेलीकाे लागि सारिएकाे छ ।
आज बिहीबार बिहान १० बजेका लागि तय गरिएको मतदान ३ पटक सारेर दिउँसो साढे २ बजेबाट गर्ने भनिएकाे थियाे ।
आज मतदान सुरु हुन नसकेपछि भोलि बिहान ७ बजेदेखी मतदान सुरु हुने निर्वाचन समितिका संयोजक वरिष्ठल अधिवक्ता प्रेमबहादुर खड्काले जानकारी दिए ।
निर्वाचन समितिले निर्वाचन सामग्री प्रेसबाट आउन ढिलाइ भएको भन्दै भाेली बिहान ७ बजेकाे लागि मतदान गर्ने गरी सूचना जारी गरेकाे हाे ।


