गोरखा । गोरखा सदरमुकामको बराहमा पहिरोले क्षती पुर्याएको सडकमा सेरवाल निर्माण सम्पन्न भएको छ ।
गोरखा नगरपालिका–८ को बराह क्षेत्रमा रहेको उक्त सडकमा सेरवालको काम सम्पन्न भए लगत्तै दुई तर्फी यातायात सञ्चालनमा आएको छ ।
अबिरल बर्षा पछी क्षती पुगेको उक्त सडकमा लामो समयदेखी एक तर्फी यातायात मात्र सञ्चालन हुदै आएको थियो ।
गोरखा बजार हुदै गोरखा नगरपालिकाको केही वडा तथा भिमसेनथापा, बारपाक सुलिकोट, आरुघाट, धार्चे, चुमनुब्री तथा शहिद लखन गाउँपालिका आउजाउ गर्ने सवारी साधनले सास्ती खेप्दै आएको थियो ।
प्रदेश सरकारको पूर्वाधार बिकास कार्यालयले ५० लाख रुपैयाँ माता नवदुर्गा कन्टक्र्सनलाइ ठेक्का लगाएर पहिरो गएको स्थानमा ग्याबिन वाल र सेरवाल लगाएको हो ।
कन्टक्र्सनका प्रोपाईटर सोमबहादुर अछामीका अनुसार १२ मिटर लम्बाई र ४ मिटर तथा १४ मिटर लम्बाई र ३ मिटर उचाईको २ खण्डको सेरवाल निर्माण गरिएको छ । त्यस बाहेक पनि सडकलाई सुरक्षित राख्न ग्याबिन वाल हालिएको छ ।
कन्टक्र्सनले ग्याबिन तथा सेरवाल हालेर फिलिङ सकेलगत्तै केहीदिनदेखी दुई तर्फी यातायात सञ्चालनमा आएको अछामीले बताए ।



