गाेरखा । बलिउड अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ । भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार गोवास्थित आफ्नै घरमा बिहीबार बिहान उनलाई हृदयाघात भएको थियो ।
रिपोर्टअनुसार उनलाई बचाउन करिब ४५ मिनेटसम्म सीपीआर दिइएको थियो । तर उनको ज्यान बचाउन सकिएन । चिकित्सक डा. शेखर सालकरका अनुसार नाना पाटेकरको बिहान ५ः२० बजे निधन भएको हो ।
उनको निधनपछि मेडिको–लिगल केस (एमएलसी) दर्ता गरी पोस्टमार्टमको तयारी गरिएको छ । नाना पाटेकरले लामो समयदेखि हिन्दी र मराठी फिल्ममा अभिनय गर्दै आएका थिए ।
सन् १९८९ मा रिलिज भएको ‘परिन्दा’मा उनले अन्नाको भूमिका निर्वाह गरेका थिए । उक्त भूमिकाका लागि उनले उत्कृष्ट सहायक अभिनेताको राष्ट्रिय फिल्म पुरस्कार पाएका थिए ।
त्यसपछि सन् १९९४ को ‘क्रान्तिवीर’का लागि उत्कृष्ट अभिनेताको राष्ट्रिय फिल्म पुरस्कार तथा सन् १९९६ को ‘अग्निसाक्षी’का लागि उत्कृष्ट सहायक अभिनेताको राष्ट्रिय फिल्म पुरस्कार पाएका थिए । उनले आफ्नो करियरमा ३ वटा राष्ट्रिय फिल्म पुरस्कार जितेका थिए । भारतीय सिनेमामा योगदानका लागि उनलाई सन् २०१३ मा पद्मश्रीबाट सम्मानित गरिएको थियो ।


