गाेरखा । आज बिहान जेसिबीले सडक खन्ने क्रममा माटोको ढिस्को खस्दा निसीखोला गाउँपालिका–३ बोहरागाउँमा ३ जना पुरिएका छन् ।
झिवाखोलाबाट बोहोरागाउँ जाने भित्री सडक खण्डमा सोही स्थानका चालक भद्र मल्लले चलाएको लु १ क ३४४६ नम्बरको जेसिबीले बाटो स्तरोन्नति गर्ने क्रममा अचानक माटोको ढिस्को खस्दा काम गरिरहेका ३ जना पुरिएको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएकाे हाे ।
माटोमा पुरिने कामदारहरू लालबहादुर बुढाथोकी, राजु थापा मगर र कृष्ण बहादुर घर्ती भएकाे प्रहरीले पुष्टी गरेका छन् । यसमध्ये घर्तीको गम्भीर अवस्थामा उद्धार गरिएको छ भने अन्य २ जनाको उद्धार प्रयास भइरहेको छ ।


