गाेरखा । हाल देशकाे कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भाग तथा गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भागमा पश्चिमी वायुको प्रभाव रहेको छ । कोशी, मधेश, बागमती प्रदेशको सबै भाग र गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भागमा भने मनसुनी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसको प्रभावले हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भागमा साधरणतया बादल तथा बाँकी भागमा आंशिक बादल लागेको छ । गण्डकी प्रदेशको थोरै तथा कोशी प्रदेशको केही स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भागमा साधरणतया बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भागमामा आंशिक बादल लाग्नेछ । देशका तराई भागमा आंशिक बादल लाग्नेछ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भागको केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भागका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेकाे पनि महाशाखाले जनाएकाे छ ।
आजै राति देशका पहाडी र तराई भागमा तथा कोशी र बागमती प्रदेशको हिमाली भागमा साधरणतया बादल लाग्ने तथा बाँकी भागमा आंशिक बादल लाग्नेछ । तराई भागमा बिहानीपख हुस्सु पनि लाग्नेछ ।
मधेस प्रदेशलगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भागका थोरै स्थानमा मध्यमसम्म, कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भागका केही स्थानमा हल्का तथा सुदूरपश्चिम प्रदेशको तराई भाग र मधेस प्रदेशको केही स्थानमा हल्का वर्षाको सम्भावना रहेकाे पनि महाशाखाले जनाएकाे छ ।


