गाेरखा । गाेरखाकाे घैरुङमा अरिगालले चिलेका ब्यक्तिकाे उपचारकाे क्रममा मृत्यु भएकाे छ ।
मृत्यु हुने ब्यक्ति सहिदलखन गाउँपालिका-६ घैरुङमा मजदुरी गरेर बस्ने वर्ष ४८ को कुमार पूर्जा भएकाे जिल्ला प्रहरी कार्यालय गाेरखाका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी राज कुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार मृत्तक ब्यती मकवानपुर हेटौडा न.पा. १७ पुवाले घर भई घैरुङमा मजदुरकाे काम गरी रहेका पूर्जालाई असाेज १५ गते बिहीबार राती ८:३० बजे अरिगालले चिलेकाे थियाे ।
पूर्जाले घैरुङमा नै रहेकाे बासबाेटे जंगलका अरिगालकाे गाेला पाेल्ने क्रममा २ दर्जनभन्दा बढी अरिगालले चिलेकाे थियाे ।
अरिगालले चिलेकाे पूर्जालाई सुरुमा प्रदेश अस्पताल गाेरखामा उपचार गरिएकाेमा स्वास्थ्य अवस्था गंभिर हुन थालेपछी थप उपचारकाे लागि चितवनकाे भरपुरमा रहेकाे सरकारी अस्पतालमा उपचारकाे क्रममा असाेज १६ गते राती १०:३८ बजे पूर्जालाई मृत्त घाेषित गरेकाे सूचना अधिधकारी श्रेष्ठले बताए ।
पूर्जाकाे शव कानूनी प्रकृया पुरा गरेर उनका आफन्तलाई बुझाइएकाे पनि उनले जानकारी दिए ।


