गाेरखा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशभर आंशिक बादल लागेको छ भने बागमती प्रदेशको तराई भागका केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भागमा साधरणतया बादल लाग्नेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भागमा तथा देशका तराई भागमा आंशिक बादल लाग्ने अनुमान महाशाखाले गरेकाे छ ।
कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भागको थोरै स्थानमा मध्यमसम्मको तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।
आजै राति कोशी, बागमती र गण्डकी तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भागमा आंशिक बादल लाग्नेछ । देशका तराई भागमा आंशिक बादल रही बिहानीपख हुस्सु लाग्नेछ ।
कोशी प्रदेशको हिमाली र पहाडी भागका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशको पहाडी भागको केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।


