गाेरखा । नेपाल राष्ट्र बैंकले आज बिहीबारकाे लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ को खरिददर १५३ रुपैयाँ ४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६४ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो १ को खरिददर १७३ रुपैयाँ ८८ पैसा र बिक्रीदर १७४ रुपैयाँ ५६ पैसा, युके पाउन्ड स्ट्रलिङ १ को खरिददर २०३ रुपैयाँ २८ पैसा र बिक्रीदर २०४ रुपैयाँ ७ पैसा, स्वीस फ्र्याङ्क १ को खरिददर १८३ रुपैयाँ ६३ पैसा र बिक्रीदर १८४ रुपैयाँ ३५ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ ७० पैसा र बिक्रीदर १०७ रुपैयाँ १२ पैसा, क्यानेडियन डलर १ को खरिददर १०७ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०८ रुपैयाँ ३५ पैसा, सिङ्गापुर डलर १ को खरिददर ११९ रुपैयाँ ८८ पैसा र बिक्रीदर १२० रुपैयाँ ३५ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९ रुपैयाँ ७९ पैसा, चिनियाँ युआन १ को खरिददर २२ रुपैयाँ ८३ पैसा र बिक्रीदर २२ रुपैयाँ ९२ पैसा, साउदी अरेबियन रियाल १ को खरिददर ४० रुपैयाँ ७६ पैसा र बिक्रीदर ४० रुपैयाँ ९२ पैसा, कतारी रियाल १ को खरिददर ४१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ४२ रुपैयाँ १५ पैसा कायम भएको छ ।
थाई भाट १ को खरिददर ४ रुपैयाँ ५६ पैसा र बिक्रीदर ४ रुपैयाँ ५८ पैसा, युएई दिराम १ को खरिददर ४१ रुपैयाँ ६७ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८३ पैसा, मलेसियन रिङ्गेट १ को खरिददर ३७ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६८ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ३० पैसा र बिक्रीदर ११ रुपैयाँ ३४ पैसा, स्वीडिस क्रोनर १ को खरिददर १५ रुपैयाँ ३४ पैसा र बिक्रीदर १५ रुपैयाँ ४० पैसा र डेनिस क्रोनर १ को खरिददर २३ रुपैयाँ २६ पैसा र बिक्रीदर २३ रुपैयाँ ३५ पैसा तोकिएको छ ।
बैंकले हङकङ डलर १ को खरिददर १९ रुपैयाँ ५० पैसा र बिक्रीदर १९ रुपैयाँ ५८ पैसा, कुवेती दिनार १ को खरिददर ४९७ रुपैयाँ १३ पैसा र बिक्रीदर ४९९ रुपैयाँ ७ पैसा, बहराइन दिनार १ को खरिददर ४०५ रुपैयाँ ९४ पैसा बिक्रीदर ४०७ रुपैयाँ ५३ पैसा, ओमनी रियाल १ को खरिददर ३९७ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३९९ रुपैयाँ ७ पैसा र भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।


