गाेरखा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको प्रभाव कम हुदै गएकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । देशका तराई भागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो देशको हिमाली र पहाडी भागमा साधरणतया बादल लाग्ने साथै देशको तराई भागमा आंशिक बादल लाग्नेछ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भागका केही स्थानमा हल्का वर्षाको सम्भावना पनि महाशाखाले जनाएकाे छ ।
आजै राति पनि कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भागमा आंशिक बादल लाग्नेछ ।
देशका तराई भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


