गाेरखा । देशभर हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसको प्रभावले देशका हिमाली भागमा आंशिक बादल तथा पहाडी र तराईका भागमा मौसम मुख्यतया सफा देखिए पनि आंशिक बादल लागेको छ ।
आज दिउँसो कोशी, बागमती तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
आजै राति कोशी, बागमती तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भागमा आंशिक बादल लाग्नेछ ।
देशका तराई भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी र बागमती प्रदेशको पहाडी भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


