गाेरखा । आज पनि नेपाली बजारमा सुन र चाँदीकाे मूल्य घटेकाे छ ।
सुन ताेलामा ३ हजार ८०० रुपैयाँले घटेर तोलाकाे २ लाख ९० हजार ५०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
सुन हिजाे ताेलाको २ लाख ९४ हजार ३०० रुपैयाँमा काराेबार भएकाे थियो ।
नेपाली बजारमा सुनकाे मूल्य संगै चाँदीकाे मूल्य पनि घटेकाे छ । चाँदी ताेलामा ११५ रुपैयाँले घटेर ४ हजार ३९५ रुपैयाँमा काराेबार भएकाे छ ।
चाँदी हिजाे प्रतितोला ४ हजार ५१० रुपैयाँमा काराेबार भएको थियाे ।


