गाेरखा । गण्डकी प्रदेश सरकारले बागलुङ, म्याग्दीलगायत जिल्लामा बाढीपहिरोमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई १ लाखका दरले राहत दिने निर्णय गरेको छ । साथै, किरिया खर्चबापत २५ हजार दिने भएको छ ।
सोमबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हाे ।
बैठकले बाढीपहिरोबाट क्षति पुगेका विभिन्न जिल्लाका प्रभावित क्षेत्रको विस्तृत विवरण सङ्कलन गरी पुनर्निर्माण तथा पुनःस्थापनाका कामलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय पनि गरेको छ ।
बाढीपहिरोबाट गण्डकी प्रदेशमा ठूलो जनधनको क्षति भएको छ ।


