गाेरखा । बाराको सिम्रौनगढ नगरपालिका–२ स्थित सलेमपुरबाट हिजाे साेमबार साँझ सशस्त्र प्रहरी बलले २ थान कटुवा पेस्तोलसहित १ जना पुरुषलाई नियन्त्रणमा लिएको छ ।
अमृतगञ्ज बस्ने अन्दाजी ५० वर्षीय जय प्रकाश कुसवाहलाई सशस्त्रकाे टाेलीले पेस्तोलसहित नियन्त्रणमा लिईएको सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी शैलेन्द्र थापाले बताए ।
सशस्त्रकाे इन्टेलिजेन्स व्यूरोलाई प्राप्त विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट गोलागंजबाट सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र बहादुर मल्लको कमाण्डमा खटिएको टोलीले जाँच गर्दा उनको साथमा उक्त पेस्तोल तथा ५ राउण्ड गोली फेला पारेको उनले जानकारी दिए ।
नियन्त्रणमा लिइएका उनलाई बरामद पेस्तोल तथा गाेलीसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीमा बुझाइएकाे छ ।



