गाेरखा । नेपाली बजारमा आज सुन र चाँदीकाे मूल्य घटेकाे छ ।
सुन ताेलामा ५०० रुपैयाँले घटेर तोलाकाे २ लाख ९८ हजार ६०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
सुन हिजाे ताेलाको २ लाख ९९ हजार १०० रुपैयाँमा काराेबार भएकाे थियो ।
नेपाली बजारमा सुनकाे मूल्य संगै चाँदीकाे मूल्य पनि घटेकाे छ । चाँदी ताेलामा ३० रुपैयाँले घटेर ४ हजार ६२० रुपैयाँमा काराेबार भएकाे छ ।
चाँदी हिजाे प्रतितोला ४ हजार ६५० रुपैयाँमा काराेबार भएको थियाे ।


