गाेरखा । गाेरखाकाे अर्कुलमा केही बेर अगाडी ट्रकले माेटरसाईकललाइ ठक्कर दिदा माेटरसाईकल चालककाे मृत्यु भएकाे छ ।
मृत्यु हुने ब्यत्ती गाेखा जिल्ला, पालुङटार नगरपालिका-१ खाेप्लाङ घर भएका २९ बर्षिय अनिल श्रेष्ठ भएकाे जिल्ला प्रहरी कार्यालय गाेरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी राज कुमार श्रेष्ठले पुष्टी गरे ।
बिहीबार सिरानचोक गा.पा. ७ अर्कुलमा १२:३० बजे ट्रकले बिपरित दिशाबाट आउदै गरेको माेटरसाईकललाइ ठक्कर दिएकाे थियाे ।
गाेरखा बजारबाट बारपाक तर्फ जादै गरेको ग १ ख ६३८० नं. को मालबाहक मिनि ट्रकले बिपरित दिशाबाट आउदै गरेको बाग्मती प्रदेश ०२-०३५ प ०९८६ नं. को मोटरसाईकललाई ठक्कर दिएकाे गाेरखा प्रहरीले जनाएकाे छ ।
दुर्घटनामा गंभिर घाईते भएका श्रेष्ठकाे उपचारकाे क्रममा प्रदेश अस्पताल गोरखा ल्याएकाेमा दिउसाे २ बजे चिकित्सकहरुले उनलाई मृत घोषण गरेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
दुर्घटनामा संलग्न ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेकाे जनाएकाे छ ।


