गाेरखा । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत गाेरखाका ११ स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएको छ । १० पालिकामा नेतृत्व सर्वसम्मत चयन भएको छ भने १ पालिकामा निर्वाचनमार्फत नयाँ नेतृत्व चुनिएको छ ।
नेपाली कांग्रेस गाेरखाका जिल्ला सचिव किशाेर जङ थापाका अनुसार गाेरखा र पालुङटार नगरपालिकाका साथै अजिरकाेट, बारपाकसुलिकाेट, चुमनुब्री, धार्चे, आरुघाट, भिमसेन थापा, शहिदलखन र गण्डकीमा गाउँपालिकामा पालिका समिति निर्विरोध चयन भएको हो ।
सिरानचाेक गाउँपालिकामा भने निर्वाचनमार्फत नेतृत्व चयन गरिएको छ ।
११ पालिकामा को-को बने सभापति ?
पालिका अधिवेशनबाट स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयनसँगै महाधिवेशन प्रतिनिधि छनोटको प्रक्रिया अघि बढेको छ । कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत असोज १० गते क्षेत्रीय अधिवेशन हुँदैछ ।



