गाेरखा । उत्तरी गाेरखामा रहेकाे मनास्लु हिमालमा हिम पहिराेमा परी मृत्यु भएका २ जनाकाे शव राजधानी लगिएकाे छ ।
१ जना नेपाली र १ जना जर्मनी नागरिककाे शव आज बुधबार बिहानै हेली मार्फत उद्धार गरेर राजधानीकाे टिचिङ अस्पताल लगिएकाे जिल्ला प्रहरी कार्यालय गाेरखाका प्रहरी नायव निरिक्षक एवं सूचना अधिकारी राज कुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार गएकाे आइतबार दिउसाे ४ बजे गएकाे हिम पहिराेमा परेर passport NO C5NF1J56T का जर्मनी नागरिक बर्ष बर्षा ४७ का DHRUBAJYOTI GUHA र नेपाली गाईड संखुवासभा जिल्ला, मकालु गाउँपालिका-२ रोपेसा ट्याक्से बस्ने बर्ष ४८ का फुर्सेम्बा शेर्पा भएकाे मृत्यु भएकाे थियाे ।
चुमनुब्री गाउँपालिका-१ सामागाउँमा रहेकाे मनास्लु हिमालकाे क्याम्प ३ मा हिमाल आरोहणका क्रममा हिम पहिराेमा परेर उनीहरुकाे मृत्यु भएकाे थियाे ।
दुवै जना टेण्ट भित्र हिउले पुरिएको अबस्थामा मृत फेला परेको गाेरखा प्रहरीले जनाएकाे छ । जर्मनी नागरिक मकालु एड्भेन्चर कम्पनी मार्फत मनास्लु हिमाल आराेहणका लागि आएका थिए ।
दुवै जनाकाे शव एभरेष्ट एयर मार्फत बुधबार बिहान ६:५२ बजे राजधानी लगिएकाे हाे ।


