साँकेतिक तस्बिर
गाेरखा । गाेरखामा जबरजस्ती चन्दा असुलेकाे आराेपमा प्रहरीले २ जनालाई पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा गाेरखा जिल्ला, पालुङटार नगरपालिका–७ च्याङ्ली बस्ने ३८ वर्षीय अमृत सापकोटा र मोरङ जिल्ला, मिक्लाजुङ गाउँपालिका-९ बस्ने ३८ वर्षीय राजकुमार माझी भएकाे जिल्ला प्रहरी कार्यालय गाेरखाका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी राज कुमार श्रेष्ठले जानकारी दिए ।
दुवै जनालाई शहिदलखन गाउँपालिका–१ बक्राङ्बाट चन्दा असुली गर्दै गरेको अवस्थामा गाेरखा प्रहरीले पक्राउ गरिएको हाे ।
पक्राउ पर्नेहरुले डर, धाक, धम्की दिई ज्यान लिने सम्मको भाषा प्रयोग गरी पार्टीको लेटरप्याडमार्फत चन्दा मागेको सूचना प्रहरीलाई प्राप्त भए लगत्तै प्रहरी सहायक निरीक्षक ईश्वर बाचे मगरको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई बक्राङबाट पक्राउ गरेकाे थियाे ।
प्रहरीले उनीहरुकाे साथबाट नगर २० हजार, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को स्ट्याम्प छाप १ थान, रसिद प्याड २ थान र पर्चा/पम्प्लेट ५० थान सहित बरामद गरे छ ।
पक्राउ परेका दुवै जना बिरुद्ध प्रहरीले अनुसन्धान थालेकाे छ ।


