गाेरखा । नेपाल राष्ट्र बैंकले आज मंगलबारकाे लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ को खरिददर १५३ रुपैयाँ १ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६१ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो १ को खरिददर १७५ रुपैयाँ ६६ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३४ पैसा, युके पाउन्ड स्ट्रलिङ १ को खरिददर २०४ रुपैयाँ ७८ पैसा र बिक्रीदर २०५ रुपैयाँ ५८ पैसा, स्वीस फ्र्याङ्क १ को खरिददर १८५ रुपैयाँ ५७ पैसा र बिक्रीदर १८६ रुपैयाँ ७० पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर १ को खरिददर १०९ रुपैयाँ ७ पैसा र बिक्रीदर १०९ रुपैयाँ ५० पैसा, क्यानेडियन डलर १ को खरिददर १०९ रुपैयाँ १३ पैसा र बिक्रीदर १०९ रुपैयाँ ५५ पैसा, सिङ्गापुर डलर १ को खरिददर ११९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १२० रुपैयाँ ४३ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९ रुपैयाँ ७७ पैसा, चिनियाँ युआन १ को खरिददर २२ रुपैयाँ ८५ पैसा र बिक्रीदर २२ रुपैयाँ ९४ पैसा, साउदी अरेबियन रियाल १ को खरिददर ४० रुपैयाँ ७३ पैसा र बिक्रीदर ४० रुपैयाँ ८९ पैसा, कतारी रियाल १ को खरिददर ४१ रुपैयाँ ९८ पैसा र बिक्रीदर ४२ रुपैयाँ १४ पैसा कायम भएको छ ।
थाई भाट १ को खरिददर ४ रुपैयाँ ६० पैसा र बिक्रीदर ४ रुपैयाँ ६२ पैसा, युएई दिराम १ को खरिददर ४१ रुपैयाँ ६६ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८२ पैसा, मलेसियन रिङ्गेट १ को खरिददर ३७ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६७ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ १५ पैसा र बिक्रीदर ११ रुपैयाँ १९ पैसा, स्वीडिस क्रोनर १ को खरिददर १५ रुपैयाँ ५७ पैसा र बिक्रीदर १५ रुपैयाँ ६३ पैसा र डेनिस क्रोनर १ को खरिददर २३ रुपैयाँ ५० पैसा र बिक्रीदर २३ रुपैयाँ ५९ पैसा तोकिएको छ ।
बैंकले हङकङ डलर १ को खरिददर १९ रुपैयाँ ५० पैसा र बिक्रीदर १९ रुपैयाँ ५८ पैसा, कुवेती दिनार १ को खरिददर ४९७ रुपैयाँ ८४ पैसा र बिक्रीदर ४९९ रुपैयाँ ७९ पैसा, बहराइन दिनार १ को खरिददर ४०५ रुपैयाँ ८६ पैसा बिक्रीदर ४०७ रुपैयाँ ४५ पैसा, ओमनी रियाल १ को खरिददर ३९७ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३९८ रुपैयाँ ९८ पैसा र भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।


