गाेरखा । साताकाे पहिलाे दिन आज नेपाली बजारमा सुन र चाँदीकाे मूल्य बढेकाे छ ।
सुन ताेलामा २ हजार १०० रुपैयाँले बढेर तोलाकाे ३ लाख ५ हजार २०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
सुन गएकाे शुक्रबार ताेलाको ३ लाख ३ हजार १०० रुपैयाँमा काराेबार भएकाे थियो ।
नेपाली बजारमा सुन संगै चाँदीकाे मूल्य पनि बढेकाे छ । चाँदी ताेलामा २० रुपैयाँले बढेर ४ हजार ७९५ रुपैयाँमा काराेबार भएकाे छ ।
चाँदी गएकाे शुक्रबार प्रतितोला ४ हजार ७७५ रुपैयाँमा काराेबार भएको थियाे ।


