गाेरखा । आज नेपाली बजारमा सुन र चाँदीकाे मूल्य बढेकाे छ ।
सुन ताेलामा ३ हजार ६०० रुपैयाँले बढेर तोलाकाे ३ लाख ३ हजार १०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
सुन हिजाे ताेलाको २ लाख ९९ हजार ५०० रुपैयाँमा काराेबार भएकाे थियो ।
नेपाली बजारमा सुन संगै चाँदीकाे मूल्य पनि बढेकाे छ । चाँदी ताेलामा १५० रुपैयाँले बढेर ४ हजार ७७५ रुपैयाँमा काराेबार भएकाे छ ।
चाँदी हिजाे प्रतितोला ४ हजार ६२५ रुपैयाँमा काराेबार भएको थियाे ।


