गाेरखा । गाेरखा सदरमुकाममा रहेकाे एक सहकारीले भाेटेकाेशी बाढी पिडितकाे लागि आर्थिक सहयाेग उपलब्ध गराएकाे छ ।
गाेरखा नगरपालिका-६ काे शक्तिचाेकमा रहेकाे गोरखा बिकास बचत तथा ऋण सहकारी संस्था लिले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा जम्मा हुने गरी आर्थिक सहयाेग उपलब्ध गराएकाे संस्थाका अध्यक्ष जिवन ज्याेती श्रेष्ठले जानकारी दिए ।
अध्यक्ष श्रेष्ठका अनुसार संस्थाले आज जिल्ला प्रशासन कार्यालय गाेरखाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रलाई ५१ हजार १११ रुपैयाँ बरावरकाे चेक हस्तान्तरण गरेकाे हाे ।
संस्थाका कार्य समिति पदाधिकारीहरुकाे उपस्थितीमा चेक हस्तान्तरण गरिएकाे गाेरखा बिकास साकाेसले जनाएकाे छ ।
चेक बुझदै प्रजिअ मिश्रले प्राप्त चेक तत्कालै प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा जम्मा गरिने बताए ।


