गाेरखा । उत्तरी गाेरखामा रहेकाे मनास्लु हिमालकाे आराेहणका क्रममा बिदेशी नागरिककाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा सिंगापुरका ५० को पुरुष LAU WEE SENG भएकाे जिल्ला प्रहरी कार्यालय गाेरखाका प्रहरी नायब उपरिक्षक एव सूचना अधिकारी राज कुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार आज बिहान ६ बजेकाे समय उत्तरी गाेरखाकाे चुमनुब्री गाउँपालिका-१ काे सामागाउँमा रहेकाे मनास्लु हिमालकाे २ नम्बर बेश क्याम्पमा मृत्यु भएकाे हाे ।
पासपोर्ट नं.K5018212K भएका LAU WEE SENG बेश क्याम्प तर्फ फर्कने क्रममा हिडदा हिडदै उनकाे मृत्यु भएकाे सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
Eight K Expedition PVT.LTD एजेन्सि मार्फत मनास्लु हिमाल आरोहणको लागि आएका उनकाे शव उद्धारकाे लागि एजेन्सी संग समन्वय भइरहेकाे प्रहरीले जनाएकाे छ ।
उनकाे समूहमा उनी सहित १५ जना रहेकाे पनि प्रहरीले जानकारी दिएकाे छ । भदाैं २२ गते काठमाडाैंबाट सामागाउँ पुगेका उनी २४गते वेश क्याम्पमा पुगेका थिए ।


