गाेरखा । असाेज महिनाकाे पहिलाे दिनमा नै नेपाली बजारमा आज सुन र चाँदीकाे मूल्य घटेकाे छ ।
सुन ताेलामा २ हजार ३०० रुपैयाँले घटेर तोलाकाे २ लाख ९९ हजार ५०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
सुन हिजाे ताेलाको ३ लाख १ हजार ८०० रुपैयाँमा काराेबार भएकाे थियो ।
नेपाली बजारमा सुन संगै चाँदीकाे मूल्य पनि घटेकाे छ । चाँदी ताेलामा ४० रुपैयाँले घटेर ४ हजार ६२५ रुपैयाँमा काराेबार भएकाे छ ।
चाँदी हिजाे प्रतितोला ४ हजार ६८५ रुपैयाँमा काराेबार भएको थियाे ।


