गोरखा । भदौं १० गते भोटेकोशी नदीमा आएको बाढी पिडितलाई सहयोग गर्ने गरी गोरखा सदरमुकामको द ओल्ड क्यापिटल माविले करिब ४ लाख सहयोग उपलब्ध गराएको छ ।
सदरमुकामको रानीबन क्षेत्रमा सञ्चालित उक्त निजी स्कुलले प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा हुने गरी ३ लाख ९० हजार रुपैयाँ सहयोग उपलब्ध गराएको प्रिन्सिपल जनक केसीले जानकारी दिए ।
स्कुलमा कार्यरत शिक्षक, कर्मचारी, बिधार्थी तथा स्कुलको तर्फबाट उक्त रकम जम्मा गरी सहयोग उपलब्ध गराएको उनले जानकारी दिए ।
उनका अनुसार शिक्षक तथा कर्मचारीहरुबाट १ लाख १३ हजार ५५६ रुपैयाँ, स्कुलको तर्फबाट ८० हजार र बिधार्थीहरुको तर्फबाट संकलित १ लाख ९६ हजार ४४४ रुपैयाँ गरी कुल ३ लाख ९० हजार कोषमा जम्मा गर्ने गरी प्याब्सन रिलिफ फण्डमा जम्मा गरिएको हो ।
संकलित रकम मध्य शिक्षक एवं कर्मचारीहरुले १ दिन बरावरको तलब उपलब्ध गराएको प्रिन्सिपल केसीले जानकारी दिए ।
स्कुलले एक विज्ञप्ती निकाल्दै बिनासकारी बाढीमा परी ज्यान गुमाउनुहुने प्रति हार्दिक श्रद्वाञ्जली ब्यत्त गरेको छ भने प्रियजन गुमाउने प्रति गहिरो समवेदना ब्यत्त गरेको छ ।
विज्ञप्तीमा सम्पर्क बिहिन र वेपत्ता ब्यक्तिहरुको सकुशल खोजी तथा उद्वारको अपिल समेत गरेको छ ।



