गाेरखा । भाेटेकाेशी नदीमा आएकाे बाढी पछी नदी किनारमा पुरिएका शवहरुकाे खाेजी गर्न नेपाल प्रहरीले तालिम प्राप्त कुकुर परिचालन गरिएकाे छ ।
रसुवाकाे भाेटेकाेशी नदीमा आएकाे बाढीले बगाएर ल्याएका शवहरुकाे खाेजी गर्न हिजाे आइतबारदेखी प्रहरीले तालिम प्राप्त कुकुर परिचालन गरिएकाे हाे ।
हिजाे सहिदलखन गाउँपालिका-४ कुरिनटार स्थित त्रिशुली नदीको किनारमा बाढीले बगाई ल्याएको शवहरुको खोजतलास तथा उद्धारको काम सुरु गरेकाे गाेरखा प्रहरीले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालय गाेरखाका प्रहरी निरिक्षक विशाल अधिकारी को कमाण्डमा ३५ जना, गण्डकी प्रदेश प्रहरी कार्यालय केनाइन उपशाखा पोखरा, कास्कीबाट प्रहरी नायव निरिक्षक मिलन केसीको कमाण्डमा १० जना सहित २ वटा तालिम प्राप्त कुकुर, गाेरखा सदरमुकाममा रहेकाे नेपाली सेनाकाे रुद्रध्वज गणबाट नेपाली सेना क्याप्टेन निरोज थापाको कमाण्डमा १० जना र विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवन बाट सशस्त्र प्रहरी सहायक निरिक्षक ओम प्रकाश यादवको कमाण्डमा ७ जनाको टोली परिचालित भएकाे छ ।
टाेलीले कुरिनटार, फेवाटार, सिलिङटार, त्रिवेणीघाट लगायत त्रिशुली नदीको किनारका विभिन्न स्थानमा खोजतलास कार्य भई रहेको छ ।
गाेरखामा हालसम्म ७५ शव फेला
बाढीले बगाएर विभिन्न जिल्लाका ७५ शव गाेरखाकाे विभिन्न क्षेत्रमा फेला परेकाे गाेरखा प्रहरीले जनाएकाे छ । ति शव मध्य पाेखरा लगिएका ११ शवमा ४ र गाेरखामा २ शवकाे पहिचान भएर आफन्तकाे जिम्मा लगाएकाे र बाँकी ७ शव सुरक्षित ब्यवस्थापन गरिएकाे छ ।
त्यस्तैगरी, हालसम्म फेला परेका शव मध्य गाेखाकाे शहिदलखन गाउँपालिका-९ काे बुंकाेट घाँटमा २९ र गाेरखा नगरपालिका-१२ काे अवुवा क्षेत्रमा रहेकाे लुदीखाेला क्षेत्रमा ३० वटा शवलाई सुरक्षित ब्यवस्थापन गरिएकाे छ ।
अब जिल्लामा अझै पनि ३ वटा शव बाँकी रहेकाे गाेरखा प्रहरीले जनाएकाे छ ।











