गाेरखा । नेपाली बजारमा आज पनि सुन र चाँदीकाे मूल्य घटेकाे छ ।
सुन ताेलामा २ हजार ४०० रुपैयाँले घटेर तोलाकाे ३ लाख १ हजार ९०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
सुन हिजाे ताेलाको ३ लाख ४ हजार ३०० रुपैयाँमा काराेबार भएकाे थियो ।
नेपाली बजारमा सुन संगै चाँदीकाे मूल्य पनि घटेकाे छ । चाँदी ताेलामा ३५ रुपैयाँले घटेर ४ हजार ६९० रुपैयाँमा काराेबार भएकाे छ ।
चाँदी हिजाे प्रतितोला ४ हजार ७२५ रुपैयाँमा काराेबार भएको थियाे ।



