गाेरखा । उत्तरी गाेरखाकाे नामरुङ खाेलामा आज बिहान बाढी आउदा फलामे पुल सहित ४ घरमा क्षती पुगेकाे छ ।
बिहान ३:३० बजेकाे समयमा चुमनुब्री गाउँपालिका-४ स्थित नाम्रुङ खोलामा बाढी आउदा पुल सहित घरहरुमा क्षती पुगेकाे जिल्ला प्रहरी कार्यालय गाेरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी राज कुमार श्रेष्ठले बताए ।
बाढीले नाम्रुङका नगु छिरिङ, वर्गीन लामाकाे घर बगाएकाे छ भने लाक्पाभुटी लामा र दोर्जे घ्याल्जेनको कच्चीघर भत्केको छ । साेही बाढिले नार्बु हुँदै ल्हो जाने फलामको पुल बगाएको पनि उनले जानकारी दिए ।
तस्बिर : नेपाल प्रहरी











